‘कुलिङ पिरियडबारेको छेडखानीले संसदीय प्रक्रिया नै बदनाम’
काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ले सिङ्गो संसदीय प्रक्रियालाई नै बदनाम गर्ने काम भएको भन्दै त्योस्वीकार्य नहुने बताएका छन् ।
सभामुख देवराज घिभमिरेसँग मंगलबारको भेटपछि सञ्चारकर्मीसँग उनले यो प्रतिक्रिया दिएका हुन् । ‘हामीले लामो छलफलपछि कुलिङ पिरियड राख्ने सहमति गरेको थियौँ । तर, मुख्यसचिव, सचिव, सहसचिवहरूको हकमा लागू नहुने प्रकारको विधेयक सांसदबाट पारित भयो। यो गम्भीर षड्यन्त्र हो, सांसदमाथिको उपहास हो । सार्वभौम संसद् र समितिलाई धूलिसात बनाउनेका काम भयो,’ उनले भने ।
उनले ऐनमा ‘बाहेक’ शब्द कहाँबाट थप्ने काम भएको त्यसको अनुसन्धान गरी कार्बाही हुनुपर्ने माग राख्दै सांसद गिरीले यसको निष्कक्ष छानबिन नभएसम्म समितिको बैठक बस्न नसक्ने भन्दै षड्यन्त्र गर्नेहरुले कारवाही भोग्नुपर्ने र नैतिकताको आधारमा जिम्मेवारी पनि छाड्नुपर्ने बताए ।
Facebook Comment