यो मन त मेरो नेपाली हो विद्यार्थीलाई देखाउन पाठ्यक्रमको आव्हान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भत्तपुरले यही असार २७ बाट रिलिज हुने फिल्म ‘यो मन त मेरो नेपाली हो’ विद्यालयका बालबालिकालाई देखाउन विद्यालयहरुलाई आव्हान गरेको छ । केन्द्रको समकक्षता तथा मूल्याङ्कन शाखाले यो फिल्मको निर्माण संस्था पद्मा ईश्वर इन्टरटेनमेन्ट, बागबजारलाई ‘शुभकामना पठाउँदै फिल्मको सफलताको कामना पनि व्यक्त गरेको छ ।

पत्रमा भनिएको छ– ‘पद्मा ईश्वर ईन्टरनेट प्रालिद्वारा निर्मित नेपाली चलचित्र विशुद्ध नेपाली भाषा र संस्कृतिमा आधारित चलचित्र हो । यस्ता प्रकृतिका समाजमा सकारात्मक प्रभाव पार्ने चलचित्रहरुलाई राज्यका निकाय लगायत तथा सरोकारवाला समाजिक संघ–संस्थाले संरक्षण सम्वर्द्धन गर्नु पर्ने देखिन्छ । भविष्यका कर्णधार आजका बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृति प्रति गर्व गर्न तथा नेपाली हुनुमा उच्च सम्मान महसुस गराउने भएकोले विशेषतः विद्यालयस्तरका बालबालिकालाई यो चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई सरोकारवाला निकाइको अनुमति तथा स्वीकृति लिई देखाउनु उपयुक्त हुने देखिन्छ । देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै एउटा सार्थक देशभक्तिपूर्ण चलचित्र निर्माण गर्नु भएकोमा निर्माण टिमलाइ विशेष धन्यवाद दिन ज्ञापन गर्छु ।’

फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भन्डारी, बिजय सुब्बा, बिजिता परियार , देवराज राजबन्शी, भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।

पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानबहादुर प्रधान (रोशन)को निर्माण छ । अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ । फिल्ममा सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।

दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको फिल्ममा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ । फिल्म आर आर फिल्मसले वितरण गर्दैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *