साम्बाको ह्याट्रिकमा नेपालद्वारा श्रीलंका ८–० ले पराजित
काठमाडौं । कप्तान सावित्रा भण्डारी ‘साम्बा’को ह्याट्रिक गोलसँगै नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ ।
तास्केन्तस्थित मिल्ली स्टेडियमा भएको खेलमा नेपालले ८–० को जित निकाल्दा साम्बाले ३, गिता रानाले २ गोल तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले १–१ गोल गरे ।
नेपालले पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको थियो । अब नेपालले अन्तिम र महत्वपूर्ण खेलमा उज्बेकिस्तानसँग खेल्ने छ ।
लगातार दुई जितपछि नेपाल ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा उक्लेको छ ।
Facebook Comment