माओत्सेको पेन्सनपट्टामा दयाहाङ
काठमाडौं । कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो फिल्म ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरुको दोस्रो सहकार्य हो । यसअघि कलाकार माओत्से गुरुङको डेव्यु निर्देशकिय फिल्म ‘दयारानी’मा दयाहाङ नै मुख्य भूमिकामा थिए ।
निर्देशक गुरुङले दोस्रो सहकार्यलाई अझै परिस्कृत बनाउँदै अर्को एउटा राम्रो फिल्म निर्माणको प्रयास रहने बताए । कार्तिक तेस्रो साताबाट फ्लो्रमा जाने फिल्मले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा भन्ने देखाउने निर्देशक गुरुङको भनाई छ ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । फिल्मको सबै छायांकन पोखरा आसपास हुनेछ । सुशन प्रजापतिको छायांकन रहने फिल्मको कास्टिङ डिरेक्टर सुरज तमु हुन् ।
Facebook Comment