सुगम र समीक्षाको माया बस्यो
काठमाडौं । मोडल तथा कलाकार निराजन प्रधानको निर्देशनमा रहेको भिडियो ‘माया बस्यो’ सार्वजनिक भएको छ । फोटो कथाको प्रस्तुतिमा निर्माण भएको भिडियोमा केकी अधिकारी र राघव दाहालको अभिनय छ । गीतमा सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर छ ।
पार्स्व संगीतको झल्को दिने गीतमा प्रेमिल जोडीको प्रेम छ । अनुहार देख्दै प्रेम बसेको प्रसंगबाट सुरु हुने गीतले सागरभन्दा गहिरो र नदीभन्दा लामो माया बसेको कुरा गर्छ । एकले अर्काको तारिफ गर्ने गीतले एकअर्काको आनीबानीको खुलेर प्रशंसा गरेको छ ।
सुख–दुःख सँगै काट्ने बाचा गर्दै एकअर्कालाई जिन्दगी सुम्पने प्रणसँगै सरगम घतानले लेखेको गीत टुगिन्छ । योगेश काजी शाहको संगीत तथा एरेन्ज रहेको गीत मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका छन् । अर्जुन तिवारीको डिओपी रहेको भिडियोमा ड्रोन सट सुरेश काफ्लेको छ ।
सम्पादन तथा रंग संयोजन प्रवीन श्रेष्ठले गरेको भिडियोमा कोरियोग्राफी रोशन विश्वकर्माको छ । सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेसको सहकार्य रहेको भिडियोकी निर्मात्री सनुस्का दाहाल हुन् ।
Facebook Comment