यो मन त मेरो नेपाली होको शीर्ष गीत

काठमाडौंं । यहि असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक भएको छ । देशभक्ति भावनाको कथावस्तु समेटिएको फिल्मको शीर्ष गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई,आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधानले अभिनय गरेका छन् ।

जरसिंह पौवास्थित साँगा चोकमा खिचिएको गीतमा विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द र कमल रसाइलीको गायन रहेको छ । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा २०० जति राष्ट्रिय झण्डाको प्रयोग गरिएको छ ।

पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानबहादुर प्रधान (रोशन)को निर्माण छ । फिल्ममा नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’,सुबास भन्डारी,बिजय सुब्बा, बिजिता परियार , देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको पनि अभिनय रहेको छ।

मित्र प्रधान (नर) को निर्देशन रहेको यस फिल्ममा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।

दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको फिल्ममा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ। फिल्म आर आर फिल्मसले वितरण गर्दैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *