ससुराली पुगेर ज्वाइँद्वारा चारको हत्या
काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा ससुराली पुगेका ज्वाइँले एउटै परिवारका चार जनाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार ज्वाइँले सासू ससुरासहित चार जनाको हत्या गरेका हुन्।
प्रहरीका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया आफ्नी श्रीमति मनिषा गिरी र मनिषाको ९ वर्षीय भाइ सपन गिरीको हत्या भएको छ।
ज्वाई राजेन्द्रले प्रहरीलाई फोन गरी आफूले चार जनाको हत्या गरेको जानकारी गराएका थिए । ‘मैले मान्छे मारे, मलाइ लिन आउनु’ भन्दै प्रहरीलाई फोन गरेको जनाइएको छ । प्रहरीका अनुसार राजेन्द्र पनि घाइते छन् ।
प्रहरी निरिक्षक श्रेष्ठका अनुसार घटना शनिबार राती करीव १ बजेतिर भएको हो ।
Facebook Comment