प्रतिवैरमको आइटम गीतमा प्रियंका
काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भईरहेको फिल्म ‘प्रतिवैरम’ को आइटम गीतको छायांकन सम्पन्न भएको छ। मधेशको कथामा आधारित यस फिल्मको गीत चलचित्र विकास कम्पनीको भव्य सेटमा दुई दिनसम्म खिचिएको हो। कोरियोग्राफर सुरेन बसेलको कोरियोग्राफी रहेको गीतमा प्रियंका कार्कीको अभिनय छ ।
निर्देशक दासले फिल्म मधेश केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुसँगै दाजु–बहिनीको भावनात्मक कथामा आधारित हुने बताए ।
रेज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेनमेन्टसँगको सहकार्य छ। फिल्मको कथा दासको हो भने पटकथा युवराज भट्टराईको छ ।
फिल्ममा सम्राट दास, प्रियंका कार्की, रमेश बुढाथोकी, नविन श्रेष्ठ, आलिशा बास्तोला, बिरेन्द्र कुशवाह, सुप्रज्ञा शर्मा, रोशन, नारायण बिक, रोनी यादव, कमल सुनार, गीता श्री, अग्नि सुवेदी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
आइटम गीतमा संगीत मनिष अधिकारी, शब्द रोशन दास, र स्वर रितिका श्रेष्ठको रहेको छ भने छायांकन नितेश घतानले गरेका छन्।
फिल्मको आधा भन्दा बढी छायांकन सम्पन्न भइसकेको छ र बाँकी छायांकन वर्षा सकिएपछि गरिनेछ।
Facebook Comment