माओवादी सांसद्‌ले ह्वीप मान्दैनौं भनेपछि कांग्रेस सचेतकको नियमापत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद्‌ रेखा शर्माले शिक्षा विधेयकमाथिको छलफलमा कुनै पनि पार्टीका प्रमुख सचेतकको ह्वीप नमान्ने बताएकी छन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिमा शिक्षा विधेयकमाथिको छलफलमा सांसद्‌ शर्माले दलगत ह्वीप अस्वीकार गर्ने बताएकी हुन् ।

सांसद् शर्माले ह्वीप नमान्ने बताएलगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे उठेर नियमापत्ति जनाएका थिए । घिमिरेले बैठक छाडेर बाहिरिने बताएपछि समिति सभापति अमर बहादुर थापाले माफी मागेका थिए ।

त्यसपछि भने कांग्रेस सचेतक घिमिरे कुर्सीमा बसे । माओवादी सांसद् शर्माले संसदीय समितिबाट शिक्षा विधेयक पारित गराएर जतिसक्दो छिटो संसदमा पेस गर्नुपर्ने मत राख्दै आएकी छन् ।

अघिल्लो बैठकमा पनि सांसद्‌ शर्माले प्रधानमन्त्री केपी शर्मा ओली विदेश रहेका बेला टेलिफोन सम्पर्क गरेर भएपनि विधेयक पास गर्न शिक्षामन्त्रीलाई आग्रह गरेकी थिइन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *