जदौमा नीति शाह अनुबन्ध

काठमाडौं । अन्तरजातिय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा नीति शाह अनुबन्धित् भएकी छिन् । नीति र ‘जदौ’ निर्माताबीच शनिबार राजधानीमा सम्झौता भएको हो ।

काजी लिम्बूको लेखन रहेको फिल्मको प्रमुख एक अभिनेतामा मुकुन भुसाल अनुबन्धित् भइसकेका छन् । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ ।

बाबुल गिरीको संगीत रहने फिल्म दाङ तथा प्युठान जिल्लाका विभिन्न स्थानमा खिचिने छ । फिल्मको प्युठान निर्माण व्यवस्थापक लछुमन भण्डारी छन् ।

सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक विमला भण्डारीले ‘फिल्मको निर्देशक तथा बाँकी कलाकार, प्राविधिक बारे केही दिनमै विस्तृत जानकारी दिइने बताएकी छिन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *