ट्रम्पले बढाए भन्सार शुल्क वृद्धिको समयावधि, १४ देशमा लागू हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाइ ९ देखि लागु हुने भनिएका करहरू अब अगस्ट १ देखि लागू हुने घोषणा गरेका छन्। यसबाहेक, ट्रम्पले बंगलादेशसहित १४ देशहरूमा नयाँ भन्सार दरहरू लगाउने निर्णय गरेका छन् ।
यसअघि ट्रम्पले जुलाई ९ देखि कर लागू गर्ने घोषणा गरेका थिए।
राष्ट्रपति ट्रम्पले यी देशका नेताहरूलाई पठाएको पत्र सामाजिक सञ्जालमा सेयर गर्दै नयाँ ट्यारिफ दरहरूको बारेमा जानकारी दिएका छन्। यसका साथै ट्रम्पले दुई देशबीचको सम्बन्धका आधारमा करमा परिमार्जन हुनसक्ने बताएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमारमा ४० प्रतिशत, थाइल्याण्डमा ३६ प्रतिशत, बंगलादेशमा ३५ प्रतिशत, इन्डोनेसियामा ३२ प्रतिशत र दक्षिण अफ्रिकामा ३० प्रतिशतसहित १४ देशहरूमा भन्सार लगाउने आफ्नो मनसाय दोहोर्याएका छन्।
ट्रम्पको नीति अनुसार म्यानमार र लाओसमा ४० प्रतिशत कर लाग्नेछ । त्यस्तै थाइल्याण्डमा ३६ प्रतिशत, बंगलादेश र सर्बियामा ३५ प्रतिशत,
इन्डोनेसियामा ३२ प्रतिशत, बोस्निया-हर्जगोभिना, दक्षिण अफ्रिकामा ३० प्रतिशत कर लाग्नेछ ।
ट्युनिसिया, मलेसिया, काजाकिस्तान, दक्षिण कोरिया, जापानमा २५ प्रतिशत कर लाग्ने भएको छ ।
Facebook Comment