माग्ने राजाको त्यो मिठो जोवन
काठमाडौं । हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत, रचना रिमाल र सविन सुवेदीको स्वर छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा केदार र वर्षा फिचर्ड छन् । यम प्रसाद वली प्रोडक्सन म्यानेजर रहेको गीतको भिडियो मित्र डी गुरुङले सम्पादन गरेका हुन् । नरेन्द्र मैनालीले खिचेको फिल्म मधुसुदन शर्माले निर्माण गरेका हुन् ।
फिल्मबाट निर्देशक ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । यो फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।
आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।
Facebook Comment