अनिवार्य रुपमा बक्सअफिस तथ्यांक पेश गर्न बोर्डको निर्देशन

काठमाडौं । चलचित्र विकास बोर्डले देशभरका प्रदर्शकलाई पत्र लेख्दै अनिवार्यरुपमा बक्स अफिस तथ्यांक पेश गर्न निर्देशन दिएको छ । बोर्डले देशभरका १६६ हललाई पत्र लेख्दै उक्त निर्देशन दिएको हो ।

बोर्डले तथ्यांक उपलब्ध नगराउने हललाई कानूनको उल्लंघन मान्दै चलचित्र नियमन र सम्बन्धित ऐनअनुसार कार्वाही गर्ने चेतावनी समेत दिएको छ ।

असार १६ गतेदेखि रियल टाइम बक्सअफिस व्यवस्थापन प्रणाली संचालनमा आएको जनाउँदै बोर्डले तथ्यांक पेश गर्न निर्देशन दिएको बोर्ड अध्यक्ष दिनेश डिसीले बताए ।

बोर्डले प्रदर्शकको छाता संस्था चलचित्र संघलाई समेत पत्र लेखेको छ । बोर्डका अनुसार एन्ड्रोइड अपरेटिङ सिस्टम भएका मोबाइलमा बक्सअफिसको एप संचालनमा आइसकेको छ भने एप्पलको आइओएस अपरेटिङ सिस्टममा आउन बाँकी छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *