गुरु पूर्णिमामा बाकस घोषणा

काठमाडौं । गुरु पूर्णिमाको पावन अवसर पारेर नयाँ नेपाली फिल्म ‘बाकस’ को घोषणा गरिएको छ। पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यो फिल्ममा नवीन पन्तको निर्देशन र कथा लेखन हुनेछ ।

नेपाली परिवेशको कथामा निर्माण गरिने फिल्म नेपाल र विदेश दुबै स्थानमा छायांकन गरिने तयारीमा रहेको छ। हाल फिल्मको स्क्रिप्ट तयार पार्ने काम भइरहेको र चाँडै नै कलाकार तथा प्राविधिकको छनोट हुने निर्माण पक्षले जनाएको छ।

फिल्ममा गीतकार शंकर अधिकारी घायल र नारायण बस्नेत रहनेछन्। तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको यो फिल्म २०८३ सालमा प्रदर्शन गरिने लक्ष्य राखिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *