जदौमा विनोद अनुबन्ध

काठमाडौं । फिल्म ‘जदौ’ फिल्ममा कलाकारको लाइनअप बलियो हुँदै गएको छ । निर्माण टिमले अभिनेता विनोद न्यौपानेलाई फिल्ममा भित्र्याएको छ ।

अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने सामाजिक फिल्ममा यसअघि नै मुकुन भुसाल, नीति शाह र ऋचा शर्मा अनुबन्धीत भइसकेका छ्न ।

काजी लिम्बूको लेखन रहेको फिल्म सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्दैछ। फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन् ।

बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ । निर्माण ब्यानर सिल्भर स्क्रीनकी प्रबन्ध निर्देशक विमला भण्डारीले फिल्मका निर्देशक र बाँकी कलाकार,प्राबिधीक बारे केही दिनमै विस्तृत जानकारी दिइने बताएकी छिन । फिल्मको छायांकन दाङ र प्युठानका विभिन्न स्थानमा खिचीने फिल्ममा बाबुल गिरीको संगीत छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *