तेलुगु अभिनेता कोटा श्रीनिवास रावको निधन
मुम्बई(एजेन्सी) । दक्षिण भारतीय फिल्मका लोकप्रिय अभिनेता कोटा श्रीनिवास रावको निधन भएको छ । ८३ वर्षको उमेरमा उनको आइतबार हैदराबादमा निधन भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनी केही समयदेखि अस्वस्थ थिए । उनको निधनमा कन्नप्पा स्टार विष्णु मंचूले शोक व्यक्त गरेका छन् । ‘शब्दमा भन्नै नसकिने एउटा कथा । कोटा श्रीनिवास गारूको निधनले मेरो हृदय दुःखले भरिएको छ । एक अद्भुत अभिनेता, एक बेजोड प्रतिभा र एक यस्ता व्यक्ति जसको उपस्थिति हरेक फ्रेममा चम्किन्थ्यो । चाहे त्यो गम्भीर भूमिका, खलनायक या कमेडी । उनले हरेक भूमिकालाई एक यस्तो निपुर्णता दिए कि यस्तो काम कमैको भाग्यमा पर्छ’, उनले लेखेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘मलाई उनीसँग कैयौं फिल्ममा काम गर्ने अवसर मिल्यो र म आफैं उनको कैयौं फिल्म हेर्दै हुर्किएको हुँ । उयनको कामले फिल्मप्रति मेरो प्रेमलाई आकार दिएको हो । उनको परिवारप्रति मेरो समवेदना छ । हामीले उनलाई भलै शारीरिक रुपमा गुमायौं, तर उनको कला, हाँसो र आत्मा उनले निभाएका हरेक चरित्रमा जीवित रहनेछन् ।’
अभिनेता चिरन्जीवीले पनि ट्वीटमार्फत समवेदना व्यक्त गरेका छन् । ‘प्राणम खरीद’सँगै मैले र उनले एकै समयमा करियर सुरुवात गरेका थियौं । त्यसपछि उनले सयौं फिल्ममा अभिनय गरे । अनगिन्ती भूमिका निभाए, आफ्नो फरक र विशेष शैलीले तेलुगु दर्शकको मन जिते’, चिरन्जीवीले लेखेका छन् ।
७५० फिल्ममा काम गरिसकेका श्रीनिवास विशेषत खलनायक भूमिकाले परिचित थिए । उनले सन् १९७८ मा आफ्नो करियर सुरु गरे र कैयौं फिल्ममा अभिनय गरे ।
उनले खलनायक चरित्रकै लागि चारवटा नन्दी अवार्ड जितेका थिए । उनले चरित्र अभिनेतामा पनि अवार्ड जितेका थिए । सन् २०१५ मा उनले पद्म श्री सम्मान पाएका थिए ।
Facebook Comment