कविता: घाँसी र भानुभक्तको भेट

अठारसय एकहत्तर असार उन्नतीसमा
कविजीको जन्म भयो तनहुँ जिल्लामा ।
बाल्यकाल सहज बित्यो पढि लेखिकन
आफ्नो नाम अमर राखे सधैँ जीवनमा ।।१।।

एकदिन घुम्दै जाँदा घाँसीलाई भेटे
घाँसकाटी थुपारेको कविजीले देखे ।
प्रश्न गर्छन् घाँसी दाइ घाँस के गर्ने हो ?
घाँस बेची कीर्तिराख्न कुवा खनाउने हो ।।२।।

कति राम्रो उपदेश घाँसीबाट पाए
यो अर्तिलाई निरन्तर मनमा गुनी रहे ।
उपदेश लिनलाई सानो ठुलो हुन्न
यो उपदेश सम्हालेर खेरजान दिन्न ।।३।।

अठोट गरे त्यो दिनदेखि केहि गर्छु भनि
लेख्न थाले कविताका पंक्तिहरु अनि ।
सरल थिए कविताका पंक्तिहरु राम्रा
पाठकले कविजीलाई माने सधैँ हाम्रा ।।४।।

कविजीको जन्मपारी कविता नै लेखेँ
भविष्यमा राम्रो बन्ने सपना मैले देखेँ ।
अबदेखि मिहिनेत गर्छु पढ्न लेख्नलाई
पढिलेखि समाजमा राम्रो काम गर्नलाई ।।५।।

अनुभव अधिकारी, उमेर: १० वर्ष ।
कक्षाः ५, भ्याली भ्यू स्कूल, पुरानो बानेश्वर, काठमाडौं ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *