काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख बजेट विनियोजन गरेको छ।
आइतबार बसेको १७औं नगरसभामा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बजेट सार्वजनिक गरेकी हुन्। बजेटमा अनुसार कूल बजेटको ५१ प्रतिशत पूर्वाधारका निम्ति छुट्याएको छ।
बजेट ल्याउनुअघि मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।
बजेट ल्याउन ढिला भएको भन्दै त्यसमा उपप्रमुख डंगोलले माफी समेत मागेकी थिइन्
Facebook Comment