सुम्निमामा कुन्साङ अनुबन्ध
काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण हुन लागेको प्रेमकथाको फिल्म ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बमजन अनुबन्ध भएका छन् । गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्ममा कुन्साङको जोडी उपासना सिंह ठकुरी हुनेछिन् । उपासना यसअघि नै अनुबन्ध भइसकेकी छन् ।
फिल्मको अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। निर्देशक चाम्सका अनुसार, यूनिसर्भल कथा र अन्तराष्ट्रिय बजारलाई ध्यान राख्दै फिल्म तयार पारिनेछ ।
राजीव थापाको लेखनमा बन्न लागेको फिल्मको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताईएको छ । चाम्सद्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ ले ब्लकबस्टर ब्यापार गरेको छ। बायोपिक फिल्ममा सबैभन्दा बढी व्यापार गर्ने रेकर्ड पनि ‘अन्जिला’ ले बनाएको छ।
Facebook Comment