वर्ल्ड सुप्रेमेसी ब्याटल ग्राउण्डको उत्कृष्ट ५ मा नेपाल

काठमाडौँ । दुबईमा भएको ‘वर्ल्ड सुप्रेमेसी ब्याटल ग्राउन्ड २०२५’ को ग्रान्ड फिनालेमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सिजन(१ का विजयी तीनै टिम उत्कृष्ट पाँचमा पर्न सफल भएको छ।

विश्वभरका ५० टिम बीच भएको प्रतिस्पर्धामा नेपालबाट द ब्रेभ गोर्खा ओपन डिभिजनको तेस्रो स्थानमा, क्रिएटर्स क्रू ओपन डिभिजनको चौथो स्थानमा र एन डी ए क्रु भर्सिटी डिभिजनको पाँचौ‌ स्थानमा परेका छन्। प्रतिस्पर्धामा कोरियाले द्वितीय स्थान हासिल गरेको छ भने फिलिपिन्सको टिम विजयी भयो।

नेपालका लागि विश्वस्तरमा भएको खुला डान्स च्याम्पियनसिपमा देशलाई प्रतिनिधित्व गर्दै भाग लिएको यो पहिलोपटक भएको टिमले जनाएको छ। नेपाली टोलीलाई निर्देशक रोशन गहतराज र वल्र्ड अफ डान्स नेपालका क्रिएटिभ निर्देशक जेडी तमूले नेतृत्व गरेका हुन्।

नेपाली संस्कृति र नेपाली राष्ट्रिय झण्डाका साथ अरुभन्दा भिन्न प्रस्तुति दिएका नेपालका लागि तिनै जना निर्णायकले उठेर सम्मान गरेका थिए। पहिलो प्रयासमै उक्त स्थान पाउनु टिम र देशको एक उदाहरण बन्नु रहेको वर्ल्ड अफ डान्स नेपालका क्रिएटिभ डाइरेक्टर जेडी तमूले बताए।

उनले भने, ‘यो हाम्रो लागि नयाँ सुरुवात हो र पहिलो प्रयासमै यो स्तरको उपलब्धि देशकै निम्ति एक उदाहरण हो। अर्को वर्ष अझ बलियो तयारीका साथ जानेछौँ र नेपालका लागि बिजयी झण्डा फर्फराउनेछौँ।’ नेपालका तिनै टिम यही जुलाई १६ तारिखमा स्वदेश फर्किँदैछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *