आजको संसदमा प्रचण्डका गुनासै गुनासा
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दा सरकार प्रति गुनासै गुनासा गरेका छन् । उनले सरकारले गरेका काम जनमुखी नभएको, अघिल्लो सरकारले गरेका जनताका सरोकारका विषयलाई वर्तमान सरकारले सम्बोधन नगरेको भन्दै आलोचना गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जहाँ टेक्यो त्यहाँबाट बेथितीका खबर आउने गरेको बताएका छन्।
प्रतिनिधि सभालाई सोमबार सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री जहाँ पुग्छन् त्यहाँबाट केही न केही बेथितीका खबर आउने बताएका हुन्।
‘अहिले स्पेनबाट पनि त्यस्तै आएको छ। स्पेनबारे तपाईं हुनुहुन्छ हुनुहुन्न मेरो आरोप होइन। तर तपाईले टेकेको ठाउँमा विवाद आउने गरेको बारे पक्कै पनि ध्यान दिनुभएको होला,’ उनले भने।
उनले गत साल अमेरिका जाँदा के-के भएको थियो भन्नेबारे स्मरण गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे।
‘खुल्लखुल्ला सरकारका मन्त्रीहरूमाथि एकपछि अर्को भ्रष्टाचारका आरोप लागिरहँदासमेत सरकार अझै सुशासनकै दिशामा छ भन्ने लागेको छ?,’ उनले भने।
Facebook Comment