सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने रु ४० ले घटेको छ ।

सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी प्रतितोला दुई हजार दुई सय ७५ रुपैयाँ कायम भएको छ । चाँदी सोमबार प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *