राजेश हमालद्वारा होटल स्मार्टको शुभारम्भ
काठमाडौं । काठमाडौंको धुम्बाराही चोकमा विभिन्न सेवा सुविधासहित होटल स्मार्ट सञ्चालनमा आएको छ । सोमबार साँझ उक्त होटलको उद्घाटनका लागि अभिनेता राजेश हमालसहित सेलिब्रेटीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
महानायक हमालले होटलको मुख्य प्रवेशद्धारको उद्घाटन पानसमा बत्ती बाल्दै रिवन काटेर भब्य तरिकाले शुभारम्भ गरेका थिए भने गायक प्रमोद खरेलले दोश्रो प्रवेशद्धार, सञ्चारकर्मी प्रकाश सुवेदीले क्याफे, गायिकाद्धय मिलन नेवार र मेलिना राईले वेलनेस सेन्टर, द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले थकाली सेक्सन, र अर्का सञ्चारकर्मी सुशिल नेपालले रुफ टप बारको उद्घाटन गरेका थिए ।
यो होटलको डिजाइर अभिनेता हमालको बुढानिलकण्ठस्थित घरको डिजाइनर हुन् । करिब ४० करोड रुपैयाँको लागतमा निर्माण भएको होटल स्मार्टमा १७ वटा कोठा सहित ६ सय क्षमताको बैंकेट हल, सय क्षमताको रेष्टुरेन्ट, क्याफे, थकाली घर, स्वीमिङ पुल, साउना स्टिम र जाकुजी सहित रुप टप गार्डेन र रेष्टुरेन्ट छ ।
होटललाई ३५ बर्षीय युवा सुरेश कार्की र उनको समूहले सञ्चालनमा ल्याएको हो ।
Facebook Comment