विधान महाधिवेशनको तयारीमा एमाले: सचिवालयमा पोलिटब्यूरो र केन्द्रीय कमिटीका एजेण्डाबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। पोलिटब्यूरो र केन्द्रीय कमिटीमा पेश गर्ने एजेण्डाको विषयमा छलफल गर्न एमालेले बिहीबार सचिवालय बैठक बोलाएको हो।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार विधान महाधिवेशनको तयारीका लागि साउन २ गते पोलिटब्यूरो र ५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।

एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गते सनराइज हल गोदावरीमा गर्ने निर्णय भएको छ। पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गर्ने मस्यौदाको विषयमा छलफल हुनेछ। विधान मस्यौदालाई जिल्ला-जिल्लामा समेत संगठनात्मकरुपमा सुझाव माग गर्ने एमालेको तयारी छ।

विधान महाधिवेशनमा तीन वटा दस्तावेज प्रस्तुत हुनेछन्। राजनीतिक प्रस्ताव पार्टी अध्यक्ष केपी शर्मा ओली, विधान मस्यौदाको प्रस्ताव उपाध्यक्ष विष्णु पौडेल र संगठनात्मक प्रस्ताव महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नेछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *