गाजामा राहत वितरण स्थलमा भागदौड हुँदा २० जनाको मृत्यु
काठमाडौं । अमेरिका र इजरायल समर्थित गाजा मानवीय फाउन्डेसन (जीएचएफ)ले दक्षिणी गाजामा रहेको एक सहायता वितरण केन्द्रमा खाना लिन खोज्दा २० जनाको मृत्यु भएको बताएको ।
जीएचएफले विज्ञप्ति जारी गर्दै भीडमा कुचिएर २० जनामध्ये १९ जनाको मृत्यु भएको र एक जनालाई छुरा प्रहार गरिएको जनाएको छ।
घटना खान युनिस क्षेत्रको जीएचएफ स्थलमा भएको हो। जीएचएफले भागदौड भीडमा उपस्थित हमाससँग सम्बन्धित उत्तेजकको कारणले भएको जनाएको छ। तर यो भनाइ तुरुन्तै रूपमा पुष्टि हुन सकेको छैन।
यसअघि खान युनिसको नासेर अस्पतालले निसास्सिएर मृत्यु भएका १० जनाको शव प्राप्त गरेको बताएको थियो। अमेरिकी निजी सुरक्षा गार्डले जीएचएफ सहायता बिन्दु बन्द गरेपछि त्यहाँका मानिसमा त्रास फैलियो बताएको छ।
जीएचएफले मे महिनाको अन्त्यबाट सहायता वितरण गर्न थालेको थियो। त्यसबेलादेखि सहायता प्राप्त गर्ने प्रयास गर्दा प्यालेस्टिनीको मृत्यु भएको खबर आइरहेका थिए।
प्रत्यक्षदर्शीले धेरैजसो पीडितलाई इजरायली सुरक्षा बलले गोली हानेको बताएका छन्। संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले मंगलबार दक्षिणी र मध्य गाजामा रहेका चार जीएचएफ सहायता केन्द्र वरिपरि विगत ६ हप्तामा ६७४ जनाको मृत्यु भएको बताएको छ।
Facebook Comment