‘यस वर्ष विपद्का कारण हुने क्षति कम’

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले हालसम्म यस वर्षको तुलनामा विपद्का कारण क्षति कम भएको बताएका छन् ।

बिहीबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै उनले मनसुन प्रतिकार्य योजनासँगै कम मनसुनका कारण तुलनात्मक क्षेती कम भएको बताएका हुन् ।

उनले भने, ‘हामीसँग स्रोत, साधनको अभावमा नीजि क्षेत्रको सहयोग लिएका छौ । यस वर्ष अहिलेसम्मको तुलनामा पोहोरको तुलनामा क्षेती कम भएको छ । यसपटक सम्बन्धित जिल्ला प्रमुखहरुलाई निदेर्शन के छ भने चेतावनी जारी भईसकेपछि आफ्नो क्षेत्रको जोखिम बुझेर तुरुन्तै के के बन्द गर्नुपर्ने हो गर्नुपर्छ ।’
उनले मनसुन प्रतिकार्य योजना नेपाली सेना, प्रहरीसँगै बनाएको नागरिक समाजका सामु प्रस्तुत गरेको पनि बताए ।

‘हामीले मनसुन प्रतिकार्य योजना बनाउँदा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सँगै बसेर योजना बनाएका छौ । त्यसैगरी नागरिक समाजलाई पनि उतिकै महत्व दिँदै हामीले बनाएको मनसुन प्रतिकार्य योजना नागरिक समाजसँग पनि प्रस्तुत गरेका छौ,’उनले भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *