‘माग्ने राजाले दर्शकको मन जित्छ’
काठमाडौं । निर्देशक ऋषि लामिछाने आठ वर्षपछि फिल्म ‘माग्ने राजा’ लिएर दर्शकमाझ आउँदैछन् । ‘कहिले मिलन कहिले बिछोड’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘श्रीमान् श्रीमती साथै ‘हाम्रो माया जुनी जुनीलाई’, ‘हबलदार सुन्तली’ र ‘किस्मत २’ लगायतका सुपरहिट फिल्म दिएका यी निर्देशक यसपटक कमेडी जनराको फिल्म ‘माग्ने राजा’ लिएर दर्शकमाझ भदौ ६ गतेबाट आउँदैछ ।
ऋषि फिल्मको संगीत, स्क्रिप्ट र प्रस्तुतीमा विशेष ध्यान दिन्छन् । यीपछि जोडिने प्राविधिक र कलाकारको अभिनय त छँदैछ । ऋषिको बुझाईमा यी कुराको मजबुत पक्ष फिल्म ‘माग्ने राजा’मा छ । ‘हाम्रो फिल्मले दर्शकलाई रमाइलोबीच भावुक पनि बनाउँछ । सुख दुःख हाँसो रोदन सबै समेटिएको एक अब्बल फिल्म बनेको छ’, उनी भन्छन् ।
‘परिचय’, ‘दृष्टि’ जस्ता पारिवारिक टेलिफिल्म बनाएर दर्शकको वाहवाही पाइसकेका ऋषिले टेलिभिजनमा झण्डै २५ वर्ष बिताए । त्यो अनुभवलाई उनले आफ्ना फिल्ममा पनि प्रस्तुत गरे । त्यसकारण पनि आफ्ना फिल्म सफल हुन्छन् भन्नेमा ऋषि ढुक्क छन् ।
‘फिल्मको व्यापारजस्तो भए पनि मेरो कामले निरन्तरता पाइरहनेछ । हाम्रो फिल्मले दर्शकको म जित्नेमा म ढुक्क छु’, उनी भन्छन् ।
मुनाल घिमिरेको निर्माण रहेको फिल्म ‘माग्ने राजा’मा केदार घिमिरे ‘माग्ने बुढा’, विल्सनविक्रम राई ‘तक्मेबुढा’, वर्षा शिवाकोटी, शिशिर वाङ्देल, आर्यन सिग्देललगायतको अभिनय छ ।


Facebook Comment