चन्द्रकला र शिलाबहादुरलाई भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान
काठमाडौं । भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१ बाट वरिष्ठ गायिका चन्द्रकला शाह र सङ्गीतकार शिलाबहादुर मोक्तानलाई प्रदान गरिएको छ ।
शनिबार काठमाडौंमा आयोजित भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान’ र ‘सिटी एक्सप्रेस मनी ट्रान्सफर’ को संयुक्त प्रस्तुतिमा हरेक वर्ष प्रदान गरिने सम्मान शाह र मोक्तानलाई हस्तान्तरण गरिएको हो । प्रतिष्ठानका संरक्षक सुशीला आचार्य तथा सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले जनही एक लाख रुपैयाँ राशिसहितको उक्त सम्मानले गायिका शाह तथा संगीतकार मोक्तालाई सम्मानित गरे ।
त्यस्तै यस वर्षको ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान २०८१’ दिवंगत कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’लाई प्रदान गरिएको छ । उनको सम्मान गौतम पत्नी घनज्योति गौतमले लिइन् ।
संस्थाका प्रवन्ध निर्देशक टण्डनले संगीत र गीत भनेको मान्छेको भावनालाई प्रस्तुत गर्ने पक्ष रहेको बताए ।
गायक सत्यराज आर्चायले हृदयदेखि नै बुबाआमालाई पुज्ने मान्छे कहिले पछि नपर्ने बताए । उनले मानिस भएर जन्मिसकेपछि समाजमा केही छाप छाड्नुपर्छ भनेर जानुपर्छ भन्ने सोच रहेको बताए । आफ्नो बुबा स्वर्गीय भक्तराज आचार्यलाई सम्झँदै बुबाले गरेजस्तो काम आफूहरुले गर्न नसकेको बताए ।
Facebook Comment