बाढी-पहिरोका कारण देशभरका मुख्य ६ राजमार्ग अवरुद्ध

काठमाडौं । देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग,पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ । यस्तै,नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको शहीद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

यसैगरी,काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड,बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर,बाग्लुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग,नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित शहीद राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *