जापानको वर्तमान सरकारले गुमायो बहुमत, तर इशिबाले प्रधानमन्त्री पद नछाड्ने

काठमाडौं । आइतबार भएको चुनावमा जापानको सत्तारुढ गठबन्धनले संसद्को माथिल्लो सदनमा बहुमत प्राप्त गर्न असफल भएका छ।

यसले प्रधानमन्त्री शिगेरु इशिबाको राजनीतिक स्थितिलाई अझ चुनौतीपूर्ण बनाएको छ।

लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) नेतृत्वको गठबन्धनले २४८ सदस्यीय माथिल्लो सदनमा केवल ४७ सिट जितेको छ। जुन बहुमतका लागि आवश्यक ५० सिटभन्दा कम हो।

जापानको संसदीय प्रणालीमा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ। सत्तारुढ गठबन्धनले गत वर्ष अक्टोबरमा तल्लो सदनमा बहुमत गुमाइसकेको थियो।

तर प्रधानमन्त्री इशिबाले आफू पद नछाड्ने स्पष्ट पारेका छन्। उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौताका कारण पद नछाड्ने बताएका हुन्।

इशिबाले भने,‘जापानले अगस्ट १ सम्ममा अमेरिकासँगको व्यापार सम्झौतालाई अन्तिम रूप दिनुपर्छ। यो मेरो प्राथमिक जिम्मेवारी हो।’

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *