कोशेढुङ्गाको नत्र भने जिन्दगी व्यर्थ छ
काठमाडौं । फिल्म ‘कोशोढुङ्गा’को गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको छ । सेभेन सिज इन्टरनेसनलको युट्युवबाट सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीत खेम सेन्चुरीले नै गरेका छन् । गीतमा स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको छ ।
गीत तीजको सेटअपमा छ । फिल्मभित्र रहेको यो गीतले विवाहित र अविवाहितबीचको अन्तरबारे प्रष्ट पारेको छ । विवाहित हुँदाको राम्रो पक्ष र अविवाहितहरूले जीवनसाथी हुँदाको परिकल्पना र हुने उत्सुकता गीतमा छ ।
गीतको भिडियोमा सुरक्षा पन्त, नीति शाह,ऋचा शर्मा, मन्जिल कुमार र दिनेश काफ्लेलगायतको अभिनय छ ।
निर्माणपक्षले यो गीतमा टिकटक प्रितस्पर्धा समेत घोषणा गरेको छ । आजैदेखि खुल्ला गरिएको प्रतिस्पर्धा अगस्ट २० सम्म सहभागीले भाग लिन पाउनेछन् । टिमका अनुसार सहभागीले भाग लिदाँ ह्यास्ट्याग नत्र भने जिन्दगी व्यर्थ छ मेन्सन गर्नुपर्ने छ । यसमा बेस्ट पफमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडियोले २० हजार र मोस्ट लाइक भिडियोले १० हजार पाउने छन् ।
सरोज पौडेलको निर्देशन रहेको फिल्म भदौ १२ मा रिलिज हुँदैछ । नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्दल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।
फिल्मको कार्यकारी निर्मातामा दिनेश खड्का छन् । फिल्मको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् ।
Facebook Comment