मयुर यातायातको बसको ठक्करबाट ७१ वर्षीय वृद्धाको मृत्यु

काठमाडौं । भक्तपुरको सूर्यविनायकमा यात्रुवहाक बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ।

भक्तपुर सूर्यविनायकस्थित भुलाँचा चोकमा काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा. ५ ख. ४७८२ नं. को मयुर यातयातको बसले मंगलबार पैदलयात्रीलाई ठक्कर दिएको हो।

भक्तपुर नगरपालिका-४ मंगलाछेँ घर भई हाल भक्तपुर आदर्श बस्ने ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठलाई बाटो पार गर्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई जगाती प्रहरी बृतमा राखिएको छ। बस चालक नुवाकोट शिवपुरी गाँउपालिका -२ छाप घर भई काठमाडौं नारायणस्थान बस्ने निल कुमार तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको परिसर भक्तपुरले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *