शेखरले भने- कुलिङ अफ पिरियडमा राज्य व्यवस्था समितिका सभापति खतिवडाको गल्ती छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुलिङ अफ पिरियडका विषयमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाको गल्ती रहेको बताएका छन्।

बीपी कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना कार्यक्रममा कोइरालाले कुलिङ अफ पिरियडका विषयमा कांग्रेस सांसदहरूका साथै राज्य व्यवस्था समितिका सभापतिको समेत गल्ती रहेको बताएका हुन् ।

तर सच्याउने नाममा राष्ट्रिय सभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको कांग्रेसको कोर भ्याल्युजमा अट्याक गरेको हो की होइन भन्ने बुझ्न जरुरी रहेको कोइरालाको भनाइ छ। उनले गठबन्धनको सरकारमा एमालेले कांग्रेसको कोर भ्यालुमाथि आक्रमण गर्दा कांग्रेस निरिहजस्तै देखिएको बताए। उनले कुलिङ अफ पिरियडलाई हटाउने एमालेको प्रयास स्वीकार्य नहुने विषय पार्टी सभापतिले प्रधानमन्त्रीलाई स्पष्ट राख्न सक्नुपर्ने धारणा राखे।

उनले टेक एण्ड पे र टेक अर पेमा लिएको अडान जस्तै कुलिङ अफ पिरियड समेत सभापतिको अडान आवश्यक रहेको उल्लेख गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *