रुसमा ५० यात्रु सवार विमान सम्पर्कविहिन

लण्डन(एजेन्सी) । रुसमा बिहीबार करिब ५० यात्रु सवार एक विमान सम्पर्कविहीन बनेको छ । त्यहाँका गभर्नर वासिली ओरलोवले विमानले एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्क टुटाएकोले विमानको खोजी जारी रहेको बताएका छन् ।

आपतकालिन मन्त्रालयका अनुसार विमान चीनको सीमामा रहेको अमूर क्षेत्रको टिण्डा सहर पुग्नासाथ राडारसँग सम्बन्धविच्छेद भएको थियो ।

गभर्नर वासिली ओरलोवले विमानमा पाँच बच्चासहित ४३ यात्री र चालक दलका ६ सदस्य सवार थिए ।

‘विमानको खोजीका लागि सबै सुरक्षा बल र साधन तैनाथ गरिएको छ’, उनले भनेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *