जनै हराएको मान्छेः सम्बन्धका धागाहरुको मसुरीको दाना
काठमाडौं । फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को गीत ‘मसुरीको दाना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर, हर्क साउदको शब्द र एसडी योगीकै संगीत छ ।
सुनिल क्षेत्रीको कोरियोग्राफी गरेको गीतको भिडियोमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडीको अभिनय छ । प्रेममा रहेका प्रेमिल जोडीहरूको कथा गीतमा छन् । दुनियाको मन जित्ने व्यक्तिहरू आफ्नै व्यक्तिगत सवालमा भने कुनै टुंगो र थिति नहुने वास्तविकतासँगै गीत सुरु हुन्छ ।
हिमाल न्यौपानेले निर्देशन गरेको फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्म भदौ ६ गते रिलिज हुँदैछ ।
Facebook Comment