गायिका आस्थाको कम्मरै मर्काएर

काठमाडौं । गायिका आस्था राउतको नयाँ गीत ‘कम्मरै मर्काएर’ सार्वजनिक भएको छ । उनले गीतको भिडियो युट्युब च्यानल म्युजिक नेपालमार्फत सार्वजनिक गरेकी हुन् ।

खुसी र सुखी हुँदै जिउनु पर्छ भन्ने सन्देश दिने गीत डान्सिङ नम्बरमा छ । गीतले जिन्दगी हास्दै, गाउँदै र नाच्दै खुसी भएर बाच्न प्रेरित गर्छ । गीतको भिडियोमा आस्मा विश्वकर्माको बोल्ड नृत्य छ । शान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका छन् ।

“गीतजस्तै भिडियो पनि राम्रो बनेको छ । हामीले गीत र भिडियो मेकिङमा कुनै कम्प्रमाइज गरेका छैनौँ,” आस्था भन्छिन्, “सदाबहार गीत छ । तर तीजमा पनि कम्मर मर्काएर नाच्न र गाउन मिल्ने गीत छ ।”

महिलालाई खुलेर जिउन र सुखी हुन गीतले सन्देश दिएको उनी बताउँछिन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *