थाइल्याण्डमा गोलीबारी हुँदा तीन जनाको मृत्यु

काठमाडौं । थाईल्यान्डको राजधानी बैंककको खाद्य बजारमा सामूहिक गोलीबारी भएको छ। गोलीबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको थाई प्रहरीले जनाएको छ।

ओर टोर कोर बजारमा भएको आक्रमणमा अर्का एक व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार संदिग्ध व्यक्तिको पनि मृत्यु भएको छ।

प्रहरीले थाईल्याण्डको राजधानीमा भएको आक्रमणको उद्देश्यबारे अनुसन्धान भइरहेको बताएको छ।

स्थानीय सञ्चारमाध्यमले मारिएकामध्ये केही सुरक्षा गार्ड रहेको बताएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *