गोसाइँकुण्डमा डुबेर बेपत्ता दुई जनाको शव भेटियो

काठमाडौं । गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आइतबार कुण्डमा नुहाउने क्रममा बेपत्ता हुनेमा मोरङको बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र विराटनगरका सुजन ढकालको शव भेटिएको हो।

नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय श्रोत र साधनको प्रयोग गरी दुवै जनाको शव कुण्डबाट निकालेको हो। सेनाले शव नेपाल प्रहरीलाई बुझाउने छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *