पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कन हुँदैन : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कन नहुने बताएका छन्।
बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले संविधानले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन हुने नहुने नबोलेकोले संविधान संशोधन आवश्यक रहेको जिकिर गरे ।
कोइरालाले वर्तमान गठबन्धन सरकारले संविधान संसोधनलाई प्राथमिकतामा राखेको भएपनि अहिले सम्म संविधान संसोधनका लागि कार्यदल नबनाएको गुनासो गरे ।
उनले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफू नलागेको बताए। मुलुकको समस्या समाधानका लागि आफूले अन्य दलको नेताहरुलाई भेट गरेको तर सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको स्पष्ट पारे। उनले पार्टीको संसदीय दलको नेता परिवर्तन गर्न संख्या चाहिने र आफूहरूसँग त्यो संख्या नभएको उल्लेख गरे
कोइरालाले वर्तमान सरकार जनअपेक्षा अनुसार काम गर्न नसकेपनि अर्को सरकार बन्ने सम्भावना नरहेकाले वर्तमान गठबन्धनले २०८४ को निर्वाचन गराउने बताए । निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड अनिवार्य राख्नु पर्ने बताउदै यसमा राजनैतिक दलका शीर्ष नेताहरुले चलखेल गरिरहेको उनको आरोप छ ।
Facebook Comment