सुनामीको चेतावनीपछि ट्रम्पले भने-बलियो रहनुहोस्,सुरक्षित रहनुहोस्

काठमाडौं । रुसमा आएको शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्का र अमेरिकाको प्रशान्त तटमा सुनामीको निगरानी भइरहेको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रशान्त महासागरमा आएको ठूलो भूकम्पका कारण हवाईमा सुनामी चेतावनी जारी गरिएको छ। अलास्का र अमेरिकी प्रशान्त तटमा सुनामी निगरानी जारी छ।’

उनले जापानले पनि सुनामीको निगरानी गरिरहेको बताएका छन्।

ट्रम्पले मानिसहरूलाई सुनामीसम्बन्धी जानकारीको लागि tsunami.gov मा जान आग्रह गर्दै भनेका छन्,’बलियो रहनुहोस्, सुरक्षित रहनुहोस्।’ अर्कोतर्फ,विपत्तिबाट बच्न मानिसहरू सुरक्षित स्थानहरूमा जाँदैछन्। केही घण्टा भित्रमा सुनामीको प्रभाव देख्न सकिने बताइएको छ।

सुनामी आउने खतरा बढेपछि अमेरिकामा मानिसहरूको मोबाइल फोनमा अलर्ट पठाइएको छ। लस एन्जलसका बासिन्दाहरूलाई सार्वजनिक सुरक्षा चेतावनी पठाइएको छ।

समुद्र तट,बन्दरगाह र तटीय तल्लो क्षेत्रहरूमा खतरनाक छालहरू आउन सकिने चेतावनी दिएको छ। स्थानीय प्रशासनले कडा निर्देशन जारी गर्दै समुद्र तट र जलमार्गहरूबाट टाढा रहन भनेको छ।

बुधबार रूसको कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको भूकम्प गएको छ। जसलाई स्थानीय प्रशासनले दशकौंमा सबैभन्दा शक्तिशाली बताएको छ।

भूकम्पपछि,जापान,रूस र प्रशान्त टापुहरूमा सुनामी चेतावनी जारी गरिएको छ। अधिकारीहरूले भने भूकम्पले कुरिल टापुहरूमा ४ मिटर (१३ फिट) अग्लो सुनामी उत्पन्न गरेको बताएका छन्। केही स्थानमा मानिसहरूलाई सुरक्षित स्थानहरूमा सारिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *