गोरखाबाट चितवन जाँदै गरेको बस आँबुखैरेनीमा दुर्घटना
काठमाडौं । गोरखाबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
ग २ ख १०७७ नम्बरको बस आइतबार अपरान्ह चारबजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहराबाट करिब १५ मिटर तल खस्दा बसमा सवार पाँचजना घाइते भएको वडाअध्यक्ष दिनेश केसीले जानकारी दिए ।
केसीका अनुसार सहिदलखन गाउँपालिका- ६ की ४० वर्षीया सुनु थापा, सहिद लखन- ६ रानीस्वाँराकी ४३ वर्षीया सीता थापा, सोही ठाउँकी २८ वर्षीया मीना थापा मगर, गोरखा नगरपालिका- ९ का ५४ वर्षीय सनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका- १ गिरानचौरका ८ वर्षीय खुशी राम रामदाम घाइते भएका छन् ।
केशीका अनुसार घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी सोनुलाई भरतपुर रिफर गरिएको छ।
Facebook Comment