मिरुनाका जनै हराएको मान्छेः सम्बन्धका धागाहरु कुरा

काठमाडौं । नेपाली फिल्म उद्योगमा मिरुना मगरलाई भाग्यमानी नायिका भने पनि हुन्छ । किनकी तुलनात्मक रूपमा उनका फिल्म असफलभन्दा पनि सफल धेरै छन् ।

सुरुवाती वर्षाका केही फिल्मलाई छोड्ने हो भने जब उनी स्थापित भइन्, लगातार हिट फिल्म दिइन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ उनका हिट फिल्म हुन् । यी तीन सिनेमाले हिटमा ह्याट्रिक गरे ।

‘रङ्गेली’ र ‘मनसरा’ तुलनात्मक रूपमा सफल नभए पनि त्यसपछि आएका ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ फेरि हिट भए । अब ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ रिलिज हुँदा उनले फेरि दोस्रो पटक हिटमा ह्याट्रिक गर्लिन् त ? यदि, ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ व्यापारिक रूपमा सफल भयो भने मिरुनाका लागि यो दोस्रो ह्याट्रिक हुनेछ ।

‘जसरी यसअघि सफल भएका फिल्ममा काम गर्दा पोजेटिभ भाइब्स आउँथ्यो । यो फिल्म गर्दा पनि त्यस्तै महसुस भइरहेको छ,’ मिरुना भन्छिन्, ‘त्यसैले यो फिल्मबाट पनि धेरै आशा छ । दर्शकले मन पराइदिनुहुन्छ भन्नेमा विश्वस्त छु ।’

यो फिल्म भदौ ६ गते रिलिज हुँदै छ । हिमाल न्यौपानेले निर्देशन गरेको यो फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

फिल्ममा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *