प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको अवरोध कायमै
काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध जनाएका छन्। सोमबार बैठक सुरू हुने वित्तिकै विपक्षी दलहरू रास्वपा र राप्रपाका सांसदहरूले सिटबाट उठेर विरोध जनाए।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद असिम साहलाई बोल्न समय दिए। भिजिट भिसाको नाममा भइरहेको मानवतस्करीको फाइल कहाँ पुग्यो भन्दै गृहमन्त्रीलाई प्रश्न गरे । उनले घुस प्रकरणमा अडियो प्रकरणपछि राजीनामा दिएका राजकुमार गुप्तामाथि छानविन हुनुपर्ने बताए ।
उनले सरकारका मन्त्रीहरु विभिन्न प्रकरणमा जोडिएको भन्दै सिंहदरबारबाटै छानविन सुरु गर्न प्रधानमन्त्रीलाई सुझाव समेत दिए।
त्यसपछि राप्रपा सांसद ध्रुव बहादुर प्रधानले बोल्नका लागि समय पाए। उनले भिजिट भिसा प्रकरणको छानविनको माग गर्दा राप्रपा र रास्वपालाई व्यवस्था विरोधी भनेर ट्याग लगाउन खोजिएको आरोप लगाए।
उनले भिजिट भिसा प्रकरण सामान्य विष नभएकाले घटनाको छानबिन र अनुसन्धानका लागि विशेष समिति गठन गर्नुपर्ने माग गरे। उनले साना दलहरूलाई कमजोर नठान्न चेतावनी समेत दिए। त्यसपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरे।
Facebook Comment