राप्रपा र रास्वपाको संसद बहिष्कार अभियान जारी: भिजिट भिसामा विदेश गएका नेपालीलाई सरकारले वास्ता गर्दैन

काठमाडौं । विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै संसद बहिष्कार गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरण गम्भीर मानवतस्करीको विषय भएकाले छानविन समिति गठन गर्नुपर्ने माग राख्दै सदन बहिष्कार गरेका हुन् । त्यसअघि संसद बैठक सुरु हुने वित्तिकै दुई दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा दलका नेता विराजभक्त श्रेष्ठलाई बोल्न समय दिए । श्रेष्ठले नेपाली युवाहरू रोजगारी र शिक्षाका लागि अवसरका लागि विदेश जान बाध्य भएपनि भिजिट भिसाका नाममा भ्रष्टाचार हुनु जायज नभएको बताए । उनले सबैको मिलोमतोमा भएको भ्रष्टाचारको अन्त्य गर्न संसदीय छानविन गर्न माग गरे। सरकारले बनाएको समिति टालटुले समितिमात्रै भएको उनको भनाइ छ ।

त्यस्तै राप्रपा सांसद दिपक बहादुर सिंहले भिजिट भिसा प्रकरणमा विरोध गर्नेमाथि प्रतिवाद गर्ने कांग्रेस सासंदको अभिव्यक्तिप्रति आपत्ति जनाए । भिजिट भिसामा विदेश गएका नेपालीलाई सरकारले समेत कुनै वास्ता नगरेको भन्दै विदेशमा रोजगारी खोज्न जानेमाथि भ्रष्टाचार गर्नेमाथि छानविन हुनुपर्ने उनले बताए।

उनले सदन बहिष्कार गर्दा राप्रपाले पाउने भत्ता समेत नलिएको जिकिर गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *