उत्तरकाशीमा बाढीको वितण्डा, चारको मृत्यु, ५० भन्दा बढी बेपत्ता
काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा लेदोसहितको बाढीले बस्ती नै सखाप पारेको छ। मंगलबार आएको बाढीले उत्तरकाशी जिल्लाको धराली गाउँको एउटा बस्ती नै सखाप पारेको हो।
हर्षिल क्षेत्रको खीर गंगा गदेरेमा एक्कासी लेदोसहितको बाढी आउँदा उक्त घटना घटेको हो। उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार हालसम्म ४ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन्।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले उद्धारकार्य जारी रहेको आफू वरिष्ठ अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन्।
Facebook Comment