नेपाल उत्तर कोरियासँग ११-० गोलले पराजित

काठमाडौं । एएफसी एसियन कप छनोटको अन्तिम खेलमा उत्तर कोरियासँग पराजित भएको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथान स्टेडियममा भएको खेलमा नेपाल उत्तर कोरियासँग ११-० गोलले पराजित भएको हो।

पहिलो हाफमा ५-० गोले पछि परेको नेपालले दोस्रो हाफमा ६ गोल व्यहोर्‍यो। नेपालविरुद्ध उत्तर कोरियाकी जर्सी नम्बर १० हो कोयोङले ५ गोल गरिन्। पहिलो हाफको ५ वटै गोल हो को नाममा रह्यो। उनीसँग जर्सी नम्बर २० की चोइ चोङ् गमले पनि ह्याट्रिक पूरा गरिन्। दोस्रो हाफको ४८औं मिनेटमा कप्तान पाक ओकेले कोरियाका लागि छैटौं गोल गरिन्।

सातौं गोल खेलको ५४ औं मिनेटमा चोइ चोङ गमले गरिन्। ८८औं मिनेटमा नेपालले आठौं गोल खायो। थप गरिएको पहिलो मिनेटमा जर्सी नम्बर २० चोइले व्याक्तिगत दोस्रो र कोरियाको लागि नवौं गोल गरिन्। उनले थप गरिएको छैटौं मिनेटमा चोइले ह्याट्रिक पूरा गरिन्। यो उत्तर कोरियाको लागि १०औं गोल थियो। थप गरिएको अन्तिम मिनेटमा बक्स अन चोङले ११औं गोल गरिन्।

योसँगै आयोजक भुटानलाई दोस्रो स्थानमा आउन आज साउदी अरेबीयालाई पराजित गर्नुपर्ने हुन्छ। भुटान साउदीसँग बराबरीमा रोकिएको खण्डमा या साउदी अरेबीयाले भुटानलाई हराएको खण्डमा नेपाल दोस्रो स्थानमा रहँदै पुनः क्वालिफर्यसमा रहेर एसियन कप खेल्ने सम्भावना बाँकी रहन्छ।

तीन पटकको विश्वकप विजेता र २ पटकको एसियन च्याम्पियन उत्तर कोरिया पहिलो खेलमा साउदी अरेबीयालाई १५ र आयोजक टिम भुटानलाई १० गोल प्रहार गर्दै एसियन कपको लागि छनोट भएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *