जीडीले ल्याए ‘पहाडको छोरो’
काठमाडौं । सोसल मिडियामा कन्टेन्ट क्रियटर गणेश देवकोटा (जीडी) ले ‘पहाडको छोरो’ गीत सार्वजनिक गरेका छन् ।
फैजी फिल्म प्रडक्सनले तयार पारेको ‘पहाडको छोरो’ गणेश (जीडी) युट्युव च्यानमा १० लाख सस्क्राइभर पुगेको अवसरमा आयोजित एक समारोहबीच गीत सार्वजनिक गरिएको हो ।
गीत सार्वजनिकपछि उनले भने, ‘आफ्नो युट्युव च्यानलमा दश लाख सस्क्राइभर पुगेको अवसर पारेर ‘पहाडको छोरो’ गीत सार्वजनिक गरेको हो ।’
यो गीतमा आफ्नो जीवनको कथा संघर्ष र सफलतालाई समावेश गरिएको उनले बताए ।
रारामा छायांकन गरिएको भिडियोले आफ्नो वास्तविक जीवनलाई प्रस्तुत गरेको उनले बताए । आफ्नै शब्दको गीतमार्फत दर्शकसँग जोडिएको उनले बताए ।
Facebook Comment