एक चौथाइ पनि सांसद उपस्थित नहुँदा प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । एक चौथाइ सांसद पनि संसद्मा उपस्थित नहुँदा प्रतिनधि सभाको बैठक स्थगित भएको छ

संविधानको धारा ९४ मा कुनै पनि प्रतिनिधि सभामा निर्णयार्थ पेस गर्न एक चौथाइ सांसद उपस्थित हुनुपर्छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठक यही एक चौथाइ सांसद अर्थात, गणपुरक संख्या नपुगेर स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयकमाथि बिार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।

माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले गणपुरक संख्या रहे/नरहेको यकिन गर्न माग गरिन् । त्यसपछि सभामुख घिमिरेले तीन मिनेट घण्टी बजाएर सांसद् कति जना सभामा उपस्थित छन् भनेर गणना गरे ।

सभामुख घिमिरेका अनुसार गणना गर्दा सभामा ६६ जना मात्रै उपस्थित रहेको थाहा लाग्यो । २७५ सदस्यीय सभामा एक चौथाइ अर्थात ७९ जना सांसद् भए मात्रै कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न सकिने संवैधानिक व्यवस्था छ ।

एक चौथाइ सांसद पनि संसद्मा उपस्थित नरहेको थाहा लागेपछि सभामुख घिमिरेले सभाका बाँकी कार्यसूची स्थगन गर्दै बैठक नै स्थगित गरिदिए । अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि राखिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *