बाढीले मुस्ताङको ढी– सुर्खाङ जोड्ने पक्की पुलमा क्षति, सवारी आवागमनमा रोक

मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित ढी–सुर्खाङ खोलामा रहेको पक्की मोटरेबल पुल बाढी पहिरोका कारण क्षतिग्रस्त भएको छ ।

मङ्गलबार रातिदेखिको मनसुनजन्य प्रभावका कारण लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित ढी—सुर्खाङ) खोलामा अचानक आएको बाढीले सुर्खाङ, यारा, घारा र दामोदरकुण्ड जोड्ने सडकको पक्की पुल पूर्ण रूपमा क्षति भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यहाँको ध्ये खोलादेखि सुर्खाङ, ढी, यारा, घारा र दामोदरकुण्ड सडकखण्डमा अर्को सूचना जारी नहुँदासम्म सवारीसाधन आवतजावतमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज उपाध्यायले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *