नागढुंगा सुरुङमार्गको यात्रा गर्दा कसले कति तिर्नुपर्छ ?

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार सिंहदरबारमा साउन २६ गते बसको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मोटा धानको प्रति क्विन्टल रु ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको प्रति क्विन्टल रु ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा न्यूनमत समर्थन मूल्य तोक्ने निर्णय भएको जानकारी दिए ।

बैठकले दक्षिण कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार बिकास परियोजनाका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त विज्ञ सदस्यमा डा रमेश प्रसाद चौलागाईलाई नियुक्त गरेको छ ।

त्यस्तै बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको छ । जसअनुसार नागढुङ्गा सुरुङमार्ग हुँदै कार/भ्यान काठमाडौं आउदा रु ६५ र जाँदा रु ६०, मिनीबस/मिनी ट्रक काठमाडौं आउदा रु ११५ र जाँदा रु ८० रुपैया, ठूला बस र ट्रक काठमाडौं आउदा रु २ सय ६० र जाँदा रु २ सय तथा भारी उपकरण काठमाडौं आउदा रु ६ सय रुपैयाँ र जाँदा रु २ सय ५० रुपैया दस्तुर लाग्ने प्रवक्ता गुरुङले बताए।

त्यस्तै मन्त्रिपरिषद्ले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स(एआई) नीति, २०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *